थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित


पोखरा । शनिबार देशभर थप ३२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको र एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।