
काठमाडौँ । आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।
भुटान र जापानबाट आएको एस्ट्राजेनेका खोप ६५ वर्ष माथिका जेष्ठ नागरिकसहित १३ लाख ६८ हजार नागरिकलाई दिइने भएको हो ।
जापानबाट ल्याइएको खोप आजदेखि प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा दोस्रो डोज एस्ट्राजेनेका खोप दिइन लागेको स्वास्थ्य सेवा विभागअन्तरगतकाे खोप शाखाले जनाएको छ ।