
सन थापा,
जापान, २५ साउन । जापानमा सोमबार १२ हजार ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको कुल संख्या १० लाख ४५ हजार ३५ पुगेको छ । ८ लाख ९० हजार ५ सय ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार ३ सय नौ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
सबैभन्दा धेरै टोकियोमा २ हजार ८ सय ८४, खानागावामा २ हजार १ सय ६४, साईतामामा १ हजार १ सय ६०, ओसाकामा ९ सय ९५, चिबामा ९ सय ५२, फुकुओकामा ६ सय २५, ओकिनावामा ३ सय ३२, ह्योगोमा ३ सय १०, आईचीमा २ सय ५६, होक्काईदोमा २ सय ७५, क्योतोमा २ सय ७१, इबाराकीमा २ सय १७, सिजुओकामा १ सय ६३ जना संक्रमित थपिए ।
संक्रमितमध्ये १ हजार १ सय ९० जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख २३ हजार ४४ जनाको उपचार भइरहेको छ । बिहीबार ७१ हजार ८ सय ८३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।