
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २१७ पीसीआर परीक्षणमा ३ हजार १९४ जनामा र एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ९०६ परीक्षणबाट १ हजार ७१० जनामा गरी ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै मंगलबार २ हजार ११५ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ छ ।
संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।