
सन थापा,
जापान, साउन २६ । जापानमा मंगलबार १० हजार ५ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको कुल संख्या १० लाख ५५ हजार ६ सय दुई पुगेको छ । ८ लाख ९९ हजार ७ सय ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार ३ सय २८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
सबैभन्दा धेरै टोकियोमा २ हजार ६ सय १२, खानागावामा १ हजार ५ सय ७२, साईतामामा १ हजार १ सय ६६, ओसाकामा ६ सय ९७, चिबामा ८ सय ६०, फुकुओकामा ४ सय ५८, होक्काईदोमा ३ सय ४७, ओकिनावामा ३ सय ३२, ह्योगोमा २ सय २८, आईचीमा २ सय ५९, इबाराकीमा २ सय २३, सिजुओकामा १ सय ७७, क्योतोमा १ सय सात, गुन्मामा १ सय दुई, तोचिगीमा १ सय एक जना संक्रमित थपिए ।
संक्रमितमध्ये १ हजार २ सय ३० जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख २६ हजार २ सय ६८ जनाको उपचार भइरहेको छ । बिहीबार ७१ हजार ८ सय ८३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।