लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आव्हान

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०७८ मा प्रकाशित


बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गरेका हुन्।

आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेका हुन् । नयाँ सरकारमा दावी पेश गर्नका लागि बिहीबार अपराह्न ३ बजेसम्मको समय दिइएको छ।