
सन थापा,
जापान, साउन २७ (अगस्ट ११) । जापानमा बुधबार १० हजार ८ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको कुल संख्या १० लाख ७१ हजार ४ सय १० पुगेको छ । ९ लाख १० हजार ४ सय जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार ३ सय ४८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
आज २५ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए ।सबैभन्दा धेरै टोकियोमा ४ हजार २ सय, खानागावामा १ हजार ५ सय ६५, ओसाकामा १ हजार ४ सय ९०, साईतामामा १ हजार २ सय २७, चिबामा ९ सय ५५, फुकुओकामा ७ सय ३७, ओकिनावामा ६ सय ३८, ह्योगोमा ६ सय आठ, आईचीमा ५ सय १६, होक्काईदोमा ३ सय ५१, इबाराकीमा २ सय २३, सिजुओकामा २ सय ८८, क्योतोमा ३ सय ४१ जना संक्रमित थपिए ।
संक्रमितमध्ये १ हजार ३ सय ३२ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख २६ हजार ६ सय ७४ जनाको उपचार भइरहेको छ । सोमबार २८ हजार १ सय ३० जनाको पिसीआर परीक्षण गरिएको थियो ।