
सन थापा,
जापान, साउन २८ । जापानमा बिहीबार १८ हजार ८ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ ।
कोरोना महामारी सुरुदेखि यो हालसम्मकै उच्च संक्रमण संख्या हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको कुल संख्या १० लाख ९० हजार २ सय ६० पुगेको छ । ९ लाख २१ हजार ५ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार ३ सय ७२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
आज छ प्रान्तमा १ हजार भन्दा बढी र २६ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए ।सबैभन्दा धेरै टोकियोमा ४ हजार ९ सय ८९, खानागावामा १ हजार ८ सय सात, ओसाकामा १ हजार ६ सय ५४, साईतामामा १ हजार ५ सय २८, चिबामा १ हजार ३८, फुकुओकामा १ हजार ४०, ओकिनावामा ७ सय ३२, ह्योगोमा ७ सय २८, आईचीमा ७ सय तीन, होक्काईदोमा ४ सय ८०, इबाराकीमा २ सय २३, सिजुओकामा ३ सय ५४, क्योतोमा ३ सय ७२ जना संक्रमित थपिए ।
संक्रमितमध्ये १ हजार ४ सय चारजनाको अवस्था गम्भीर रहेको छ भने १ लाख २९ हजार ९ सय ५६ जनाको उपचार भइरहेको छ । मंगलबार ७७ हजार ७ सय ७४ जनाको पिसीआर परीक्षण गरिएको थियो