
पोखरा । पछिल्लो २४ घण्टामा थप २६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ६७ जनाको पीसीआर परीक्षणमा १९४७ जनामा र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज शनिबार थपिएका २६२४ जना सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ५ हजार १९० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३२० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८० हजार आठ सय १५ जना पुगेको छ ।
शनिबार कोरोना भाइरस संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसहित कोरोना भाइरसको सङ्क्रमणले ज्यान गुमाउनेको सङ्ख्या १० हजार २५९ जना पुगेको छ ।