
सन थापा,
जापान, साउन ३१ । जापानमा आइतबार १७ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।
आज पाँच प्रान्तमा १ हजार भन्दा बढी र २५ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ४ हजार २ सय ९५, खानागावामा २ हजार ८१, ओसाकामा १ हजार ७ सय ६४, साईतामामा १ हजार ७ सय ७३ , चिबामा १ हजार ३ सय ७४ जना थपिए । त्यस्तै २ सय भन्दा बढी संक्रमित भएका प्रान्तहरूमा फुकुओकामा ६ सय ८१, ओकिनावामा ६ सय ६१, आईचीमा ६ सय नौ, ह्योगोमा ५ सय १७, होक्काईदोमा ३ सय ६४, क्योतोमा ४ सय १४, सिजुओकामा ३ सय ९४, इबाराकीमा २ सय ३८ जना संक्रमित थपिए ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ६ सय एक पुगेको छ । ९ लाख ५५
हजार ९ सय १० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार ४ सय २४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये १ हजार ५ सय ६३ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ५३ हजार ६ सय २६ जनाको उपचार भइरहेको छ । बिहीबार ८३ हजार ६ सय २६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।