‘अध्यादेश लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप’

-


     मर्दी न्युज    
     भाद्र ३ गते २०७८ मा प्रकाशित


काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नु लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप भएको जनाएको छ ।

समाजले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरेलगत्तै सरकारले राजनीतिक दलहरुको विभाजनलाई बढावा दिने गरी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको जनाउँदै आपत्ति जनाएको छ ।

वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याई गल्ती गर्दासमेत समाजले त्यस्तो अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको संज्ञा दिँदै विरोध जनाएको थियो ।

अहिलेको सरकारले पनि सोही गल्ती दोहोर्याएकामा समाजले आपत्ति जनाएको विज्ञप्तिमा भनिएको छ । रासस