
काठमाडौं । सर्वोच्च अदालतलले लण्डनस्थित बेलायती प्रधानन्त्रीको कार्यालय अगाडि अनशनरत भूपू गोर्खा सैनिकको जीवनरक्षा गर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने र धारा १८ को समानताको मौलिक हकको कार्यान्वयन गर्न तथा मानवीय दृष्टिले पनि उनीहरूको जीवन रक्षा आवश्यक भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
गोर्खा सैनिकहरूले बेलायती सेनाबाट सेवा निवृत्त सबैलाई समान पेन्सन र सुविधा माग गर्दै आएका छन् । आफूहरूले ब्रिटिश सैनिक सरह सेवासुविधा पाउनुपर्ने उनीहरूको माग छ ।