
पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २३८२ जना संक्रमणमुक्त भएका छन् । शनिबार संक्रमणमुक्तसहित हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ जना पुगेको छ ।
त्यस्तै शनिबार कोरोना भाइरस संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म १० हजार ४८५ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।