थप १२७१ जनामा कोरोना संक्रमण, १,८४५ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     भाद्र २४ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा थप १हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८४५ संक्रमणमुक्त भएका छन । याेसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने हालसम्म १० हजार ९०३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जना आईसीयू र १३९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।