एमसिसी पास गर्न राष्ट्रिय एकता कायम गर्ने प्रयासमा छौँ : प्रचण्ड

-


     मर्दी न्युज    
     भाद्र २५ गते २०७८ मा प्रकाशित


काठमाडौँ । नेपाल भ्रमणमा रहेकी एमसिसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले आज शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ।

प्रचण्ड निवास ललितपुरको खुमलटारमा आज बिहान झन्डै एक घण्टा भएको भेटमा सुमारले एमसिसी परियोजना पास गरेर अघि बढ्न आग्रह गरेकी थिइन्। जवाफमा प्रचण्डले आफूहरू राष्ट्रिय एकता कायम गरी एमसिसी पास गर्ने पक्षमा रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

सत्तारुढ गठबन्धनमा पनि एकमत बनाएर अघि बढ्ने विषयमा आफूहरू प्रयासरत रहेको प्रचण्डको भनाइ थियो।

एमसिसी पारित हुने वातावरण बनाउन नेपाल भ्रमण रहेको फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले हिजो बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका नेताहरूसँग भेट गरेको थियो।