बजेटसम्बन्धी तीनवटै अध्यादेश स्वीकृत

-


     मर्दी न्युज    
     भाद्र २५ गते २०७८ मा प्रकाशित


काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको बिरोधका बीच प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धि तीनवटै अध्यादेश पारित गरेको छ ।

शुक्रबार दोस्रोपटक बसेको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधबीच आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ स्वीकृत भएको हो ।

एमाले सांसदहरूको नाराबाजीकाबीच अध्यादेश पारित भएपछि १५ मिनेटका लागि बैठक रोकिएको छ ।