२४ घण्टामा ९९४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २६ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १ हजार ३६८ रहेको छ ।