२४ घण्टामा १,४७६ संक्रमित थपिए, १,५५० संक्रमणमुक्त

-


     मर्दी न्युज    
     असाेज ८ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६९० वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

यस्तै सोही अवधिमा १ हजार ५५० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।