
काठमाडैँ। बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
- हालसालै बेमौसमी वर्षाबाट धान बालीमा भएको क्षेतीको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्विकृती गर्ने
- कुश्मामा ८०० केवी सवस्टेसन र जुम्ला सबस्टेशनका लागि जग्गा प्राप्ती गर्न स्विकृत दिने
- नेपाल कृषि तथा वन सेवा समूह सामूहीकरण तर्फ राजपत्रांकित विशीष्ट श्रेणीको पदमा नीरु दाहाल पाण्डेलाई वढुवा गर्ने
- कीर्तिपुर नगरपालीका र चीनको हुह्याङ सहरबीच भगिनि सम्बन्ध कायम गर्न स्विकृत दिने
- लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, डब्ल्यूएचओको जेनेभामा सञ्चालन हुने स्पेशल सेसन अफ द वल्र्ड हेल्थ एसेम्ली, डब्ल्यूएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्वीकृति दिने .