
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् ।
कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।
तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त
प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेशप्रमुख नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिम प्रदेशमा बाजुराका देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
उनीहरूलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।