कैलालीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

-


     मर्दी न्युज    
     २४ कार्तिक २०७८ मा प्रकाशित


भजनी । कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हिजो (मङ्गलबार) साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेको उनले बताए । रासस