पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला दहन

-


     मर्दी न्युज    
     २५ कार्तिक २०७८ मा प्रकाशित


पोखरा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

आज नेकपा एमाले निकट अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पस बाहिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

महँगीले जनता मारमा परेकाले विरोधस्वरुप प्रदर्शन र पुत्ला दहन गरिएको विद्यार्थी नेता महेन्द्र पौडेलले बताए ।

पौडेलले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन आग्रह गरे । उनले मूल्य वृद्धि फिर्ता नलिए थप सङ्घर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिए ।