सञ्चारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछ: अर्थमन्त्री शर्मा

-


     रासस    
     २७ कार्तिक २०७८ मा प्रकाशित


कास्की । अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रवार पोखरामा आयोजना गरिएको पदस्थापन कार्यक्रममा उनले सञ्चार जगतले निरन्तर जनतालाई सुसूचित गराउने कार्यमा लाग्नुपर्नेमा जोड दिए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षाका लागि सङ्घर्षलाई स्थापित गर्ने र परिवर्तनको रक्षा गर्दे कार्यान्वयनमा रहेका अपूर्णतालाई पूर्णताका लागि सरकार र सम्बन्धित निकायलाई खबरदारी गर्ने काम सञ्चारकर्मीको रहेको मन्त्री शर्माले बताए ।

नवनिर्वाचित अध्यक्ष कृष्ण दवाडीले पत्रकारिता तालिमलगायतबाट सञ्चारकर्मीको क्षमता विकास गर्दै पत्रकारिताको गुणात्मक विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । गत कात्तिक १७ गते सम्पन्न जिल्ला अधिवेशनले दवाडीको अध्यक्षतामा २१ सदस्सीय जिल्ला समिति सर्वसम्मत चयन गरेको थियो ।

प्रेस सेन्टरले शुक्रबारनै पोखरा महानगर समितिको पहिलो अधिवेशनबाट शिवराज बस्ताकोटीको अध्यक्षतामा ११ सदस्यीय पालिकाका कमिटी गठन गरेको छ ।