सुनौलो बचत तथा ऋण सहकारीको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

-


     मर्दी न्युज    
     २७ कार्तिक २०७८ मा प्रकाशित


पोखरा । बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री टिकाराम सापकोटा को अध्यक्षतामा संम्पन्न भएको कार्यक्रमको संचालन सचिव श्री सोम बहादुर थापाले गर्नु भएको थियो भने उपस्थित सदस्यहरुलाई स्वागत मन्तव्य श्री भोज कुमार श्रेष्ठले गर्नुभएको थियो ।

वार्षिक साधारण सभाको सहकारी बिभागका रजिष्ट्रार एंव कार्यक्रम प्रमुख अतिथि श्री झलक राम अधिकारी ले एक कार्यक्रमका बीच पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । मन्तव्यका क्रममा अधिकारीले पर्यटकीय सुन्दर नगरी लेकसाईडमा रहेको यस सहकारीले उत्पादनमा जोड दिदैँ सुनौलो कोशेली घर जस्तै नविन कार्यको सुरुवात गर्न शुभकामना दिनुभयो , साथै सहकारीलाई संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी संचालन गर्नुपर्ने बताउनुभयो ।

साथै सहकारी को नियमन महत्वपुर्ण भएको हुदाँ कोपोमिस सफटवएरमा संस्थाको सम्पुर्ण बिवरण अध्यावधिक गरी सहकारी बिभाग संग सहकार्य गर्नको लागी सुझाव व्यक्त गनुभयो र संस्थाले वित्तीय सन्तुलन कायम गर्दै थप रोजगारी सिर्जना र उत्पादन वृद्धि हुने क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकारहरु श्री डम्बर बहादुर के.सी., गणेश बहादुर भट्टराई र पर्यटन परिषद का अध्यक्ष श्री गोपि बहादुर भट्टराई लगायतका बक्ताहरुले आ आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा लक्ष्मी थापा, उत्कृष्ठ सदस्यहरुमा तोक बहादुर गुरुङ् , बालकुमार श्रेष्ठ लाई नगद तथा प्रमाणपत्र बाट सम्मान तथा पुरस्कृत गरिएको थियो । साथै सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा विशेष सापकोटा र माध्यामिक तहमा अभिरुची लम्साल लाई नगद तथा प्रमाणपत्र बाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसै बीच १४ औं वार्षिक साधारण सभाले सचिव को प्रतिबेदन, लेखा सुपरिवेक्षण समति, लेखा परिक्षकको प्रतिवेदन र कोषाध्यक्षको वार्षिक नीति कार्यक्रम तथ बजेट प्रस्ताव समेत पारित गरेको छ । हाल संस्थामा १४५२ जना शेयर सदस्य रहेका छन् । ४ करोड ५७ लाख शेयर पुजी रहेको संस्थाको कुल वासलत रु.२७ करोड १५ लाख को रहेको छ भने संस्थाले २० करोड ४२ लाख निक्षेप संकलन गरी १९ करोड ५५ लाख ऋण परिचालन गरेको संस्थाका सचिव श्री सोम बहादुर थापाले जानकारी गराउनुभयो ।

१४ औँ बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष एंव कार्यक्रमका सभापति श्री टिकाराम सापकोटाले सानो निमन्त्रणालाई स्वीकार गरी उपस्थित भैदिनुभएकोमा प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रर झलकराम अधिकारी लगायत उपस्थित सम्प्ुार्ण महानुभावहरुलाई बिशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । संस्थाले नियामक निकायको मार्गदर्शन बमोजिम साधारण सभा सम्पन्न गरेको हो ।