राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

-


     मर्दी न्युज    
     २९ कार्तिक २०७८ मा प्रकाशित


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेस गरेका हुन् ।