आज सर्वोच्चमा दश इजलास तोकियो

-


     मर्दी न्युज    
     ३० कार्तिक २०७८ मा प्रकाशित


काठमाडौँ । सर्वोच्च अदातलमा आज मङ्गलबारका लागि दश इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन् ।

सर्वोच्चका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन् ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।