
काठमाडौँ । आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो ।
हिजो नेत्र विक्रम चन्द (विप्लव)ले मुल्यबृद्धिको बिरोधका लागि गरेको नेपाल बन्दका कारण बैठकमा सांसदहरू सहभागी हुन नपाउने भन्दै एमालेले बैठक स्थगनको माग गरेको थियो ।
प्रदेशसभामा ९३ सदस्य रहेको रहेका छन् । पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । राईलाई बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।