
काठमाडौँ । सरकारले माघ १२ गतेका लागि राष्ट्रिय सभा चुनाव गर्ने मिति तय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदै छ। फागुन २० मा उनीहरूको पदावधि सकिने भएको हो। पदावधि सकिनुअघि नै ती पदमा चुनाव गरिसक्नुपर्ने हुन्छ ।
२० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनीत हो । १९ पदका लागि माघ १२ मा चुनाव गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तय गर्न सरकारसँग आग्रह गरेको थियो ।
राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै उक्त पदका लागि निर्वाचन गर्ने व्यवस्था छ।
सत्तारूढ गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गरेर जाने तयारी गरेका छन् ।