टान पोखराको २८ औं वार्षिक साधारण सभा सम्पन्न

-


     मर्दी न्युज    
     ३ मंसिर २०७८ मा प्रकाशित


पोखरा । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको २८ औं वार्षिक साधारण सभा लेकसाइड स्थित होटल माउण्ट कैलाश रिसोर्टमा एक कार्यक्रमका विच आज सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री माननीय रामजी प्रसाद बराल ‘जिवन’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य संस्थाका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले राखेका थिए । शुभकामना मन्तब्य दिने बक्ताहरुमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराई, मादी गाउँपालिका अध्यक्ष बेद बहादुर गुरुङ ‘श्याम’, सस्थाका पूर्व अध्यक्ष विरु वमजन, संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष डम्बर बहादुर केसि, गण्डकी प्रदेश उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिब ज्ञानेन्द्र पौडेल, टानका केन्द्रिय महासचिब सरिता लामा थिए ।

प्रमुख अतिथिको मन्तब्य राख्दै अर्थमन्त्री बरालले प्रदेशमा रहेका एक पालिकाको एउटा गाउँलाई मोटरबाटोले क्षतविक्षत नबनाई प्राकृतिक रुमपमा संरक्षण गरि पर्यटकीय गन्तब्यको रुपमा विकाश गर्नेमा जोड दिए । त्यसै गरि रत्नमन्दिर तथा हिमागृह पर्यटकको लागि खुलाउन पहल गर्ने बताए र टान पोखराले गरेको प्रर्वधनात्मक कार्यक्रम तथा गन्तब्य पहिचानको कार्यलाई सराहना गरेका थिए ।

संस्थाका अध्यक्ष शुसिल राज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव मिलन तिवारी द्धारा वार्षिक प्रतिबेदन र भावि कार्ययोजना प्रस्तुत गरिएको थियो ।