कास्कीमा एमआरपी फाराम आइतबारबाट बन्द हुने

-


     मर्दी न्युज    
     ३ मंसिर २०७८ मा प्रकाशित


पोखरा । मेशिन रिडेबल राहदानी (एमआरपी) प्राप्त गर्नको लागि हाल लिँदै आएको फाराम आइतबारबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै कास्कीले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई पासपोर्ट) जारी गर्ने कार्य प्रारम्भ भएको र जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट समेत ई पासपोर्ट छिट्टै जारी हुने हुँदा मेशिन रिडेबल राहदानीको फाराम संकलन कार्य बन्द हुने जनाएको हो । प्रत्यक्ष दर्ता प्रणाली जडान गर्न र डाटा माइग्रेशन लगायतका प्राविधिक तयारी गर्नु पर्ने भएकोले अर्को सूचना जारी नभएसम्म मेशिन रिडेबल राहदानी फाराम बन्द हुने भएको हो ।

वैदेशिक यात्राका लागि यसअघि मशीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा बुधवारदेखि सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) कार्यान्वयनमा ल्याएको छ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागु गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्ष पछि ई-पासपोर्ट प्रयोगमा ल्याएको हो।

अब विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने बताइएको छ।