एमसीसीबारे मंसिर २८ सम्म टुंगो गर्न प्रचण्डलाई लूको आग्रह

-


     मर्दी न्युज    
     ३ मंसिर २०७८ मा प्रकाशित


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।

शुक्रबार सिंहदरवारमा भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) बारे छिटो निर्णयमा पुग्न आग्रह गरेका छन् ।

विदेशमन्त्री लूले एमसीसीबारे मंसिर २८ सम्म टुंगो गर्न समयसीमा दिएका छन् । त्यतिन्जेलसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने उनले बताएका छन् ।

‘नेपालले एमसीसी सम्झौता अघि बढाउने कि नबढाउने भन्ने १४ डिसेम्बरसम्म भन्नु पर्‍यो । हुन्छ कि हुन्न भन्ने जवाफ चाहियो । नत्र अयन्त्र ट्रान्सफर गर्छौं भन्नु भएको छ’ दाहालसँगको भेटमा भएको कुराकानीबारे उनका स्वीकय सचिव रमेश मल्लले भने ।

भेटमा अध्यक्ष दाहालले स्पष्ट जवाफ दिएनन् । उनले विदेशीहरू सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौता कागजातका कारण नेपालमा अहिले बहस चलिरहेको बताएका थिए । दाहालले पहिले भएको सम्झौतामा पछि संसदीय अनुमोदनको कुरा जोडिएपछि नेपालमा बहस चलेको बताएका थिए । एमसीसी अनुमोदनको विषयमा माओवादी केन्द्रले यसअघि विरोध गरेको थियो ।