
काठमाडौँ, ४ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
वर्तमान अध्यक्ष केपी शर्मा ओली नै पुनः सर्वसम्मत अध्यक्ष हुने चर्चाका बीच रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।
एमालेको राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।