कास्की क्षेत्र नम्बर २ मा केशरप्रसाद निर्दोषी विजयी

-


     मर्दी न्युज    
     ७ मंसिर २०७८ मा प्रकाशित


पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित भएका छन् । उनले २ सय ४७ मत ल्याउँदा प्रतिस्पर्धी पुण्डरीप्रसाद बरालले २ सय ३० मत ल्याएका छन् ।

यस्तै सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी विजयी भएका छन । पराजुलीले २ सय ३० पाएका थिए भने अधिकारीले २ सय २६ मत ल्याएका थिए । सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भएका छन् ।

यस्तै खुला सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी र शारदाराज चालिसे निर्वाचित भए ।

समानुपातिक दलिततर्फबाट विष्णु सिग्देल चयन भएका छन् ।

यसैगरी क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि विन्दुकुमार थापाले सर्वाधिक मत पाएका छन् । उनले ३ सय ६१ मत प्राप्त गरेका थिए भने देवराज चालिसेले ३ सय २३ मत प्राप्त गरे । यस्तै कुमार खड्काले २ सय ८८ मत प्राप्त गरे ।

यसैगरी वीरेन्द्रनारायण विजुक्छेले २ सय ६२, शोभियतबहादुर अधिकारीले २ सय २१, विश्वराज आचार्यले २ सय, माधवप्रसाद बाँस्तोला मधुले १ सय ९८, ऋषिराम काफ्लेले १ सय ७८, गुरु बरालले १ सय ८० र अर्जुन पोखरेलले १ सय ६४ मत प्राप्त गरी विजयी भए । खुला १० पदमा २५ जना चुनावी प्रतिस्पर्धामा थिए ।

महिला खुला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी पाण्डेले २ सय ७१ मतका साथ विजयी भइन् । रंगीला आचार्यले २ सय ३७, नम्रता बरालले २ सय १८ र कुमारी मुना बाँस्तोलाले १ सय ८३ मतका साथ विजयी भए ।

खस आर्य महिलामा कोपिला तिवारी २ सय ४७ र मिलन थापाले २ सय ४५, खसआर्य खुलामा किरण केसी ३ सय ५७, मुकुन्द बाँस्तोला ज्वाला २ सय १०, मदन बस्नेत १ सय ६३ मतका साथ विजयी भए ।

आदिवासी जनजाति महिला प्रतिनिधिमा तीर्थकुमारी गुरुङ ३ सय २१ र सुनयना पालिखे २ सय १४ मत पाएर विजयी भने खुलामा आशिक गुरुङ १ सय ४९ र निर्मलप्रसाद कर्माचार्य १ सय ५४ मत प्राप्त गरी विजयी भए । दलित खुलामा अर्जुनकुमार विक १ सय ९३, दलित अल्पसंख्यक र अपांगमा राधाकुमारी गुरुङ विजयी भए ।