
बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो ।
बञ्जाडे अखिल (क्रान्तिकारी)को पूर्व महासचिव समेत हुन् । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।