चितवनमा एमाले १० औँ राष्ट्रिय महाधिवेशनको औपचारिक उद्घाटन

-


     मर्दी न्युज    
     १० मंसिर २०७८ मा प्रकाशित


चितवन । नेकपा एमालेको चितवनको नारायणी नदी किनारमा आयोजित १० औँ राष्ट्रिय महाधिवेशनको औपचारिक उद्घाटन भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको झण्डा, पार्टी र चुनाव चिह्नको झण्डोत्तलन गरेर १० औँ महाधिवेशनको समुद्घाटन गर्नुभएको हो ।

एमाले महाधिवेशनमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासहित सत्तागठबन्धनका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका देशका प्रमुख राजनीतिक दलका नेताहरु एमाले महाधिवेशनस्थलमा सहभागी हुनुहुन्छ ।
यसबाहेक छिमेकी राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका र कम्बोडिया लगायतका विदेशी अतिथिहरु समेत एमाले महाधिवेशनको उद्घाटनस्थलमा सहभागी हुनुभएको छ।