बस दुर्घटनामा पाँच जनाको मृत्यु, २७ घाइते

-


     मर्दी न्युज    
     १२ मंसिर २०७८ मा प्रकाशित


घाइतेहरुको जिल्ला अस्पतालमा उपचार गर्दै

जाजरकोट, १२ मङ्सिर । जाजरकोटमा आज विहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुको साथै २७ जना घाइते भएका छन ।

नेपालगञ्जदेखि रुकुम पश्चिमको राडी वजारका लागि आउँदै गरेको ना ७ ख २७५७ नंवरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले विहान २ वजे बस दुर्घटना भएको जानकारी पाएपछि परिचालित प्रहरीले घाइते हरुको उद्धारगरी जिल्ला अस्पताल जाजरकोटमा पुर्याएको बताए ।

मृतकहरुको पहिचान नभएको र घाइते हरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको डिएसपी थापाले बताए । बस के कसरी दुर्घटना भएको वारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको जनाइएको छ ।