
चितवन । नेकपा एमालेको दसौँ महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धी प्रक्रिया आज सुरु हुने भएको छ।
आइतबार बिहानदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।
महाधिवेशन अन्तरगत हिजोको बन्द सत्रले केन्द्रीय कमिटी चयनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या बढाएर विधान संशोधन गरिसकेको छ।