एमाले मतदान सम्पन्न, केही समयभित्र नतिजा सार्वजनिक हुने

-


     मर्दी न्युज    
     १४ मंसिर २०७८ मा प्रकाशित


सौराहा । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ ।

निर्वाचनमा दुई हजार ९२ मतदान गरेका छन । एमालेका दुई हजार १७३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ६१ जना मतदाता अनुपस्थित रहे ।

मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन समारोह सम्पन्न गरेर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतीको प्रयास गरिएपनि नभएपछि आज विहान ४ बजेबाट मतदान सुरु भएको थियो । विहान अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का उमेद्वार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो । मतदान ११:१५ बजे सम्पन्न भएको हो ।

अध्यक्षमा दुई, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । केही सदस्य पदका लागि पनि मतदान भएको हो । निर्वाचन आयोगका अनुसार अबको दुईदेखि तीन घण्टापछि परिणाम आउने छ ।