एमाले महाधिवेशन : मतगणना सुरु, ओलीले ४०० मत ल्याउँदा रावलको ४२ मत

-


     मर्दी न्युज    
     १४ मंसिर २०७८ मा प्रकाशित


चितवन । सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन सम्पन्न भएपछि केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिए पनि केही ढिला भई सुरु भएको जानकारी दिए ।

जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।

निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएका छन्।

बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएसँगै सुरू गरिएको मतगणनाको परिणाम दुई घण्टा भित्र सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए ।

अध्यक्षमा दुई, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिवसहित केही पद भने सर्वसम्मत भएको छ ।