
चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।
चितवनमा आयोजित १० औँ राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिँदा अर्का प्रत्याशी भीम रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि आज मंगलबार बिहान ४ बजेदिखि निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।