राप्रपाको अध्यक्षका लागि उम्मेदवारी शुल्क एक लाख

-


     मर्दी न्युज    
     १६ मंसिर २०७८ मा प्रकाशित


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’को अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख तोकिएको छ ।

बुधबारबाट राजधानीमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकेको हो ।

यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ । यसै गरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।