
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।