
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।
कक्षा १२ को नतिजा सम्भवत आज नै सार्वजनिक गरिनेछ ।
बोर्डले आज शुक्रबार बिहान नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बैठक बोलाएको छ । नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो।
तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।
कोरोनाका कारण पटक पटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो ।