राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

-


     मर्दी न्युज    
     १९ मंसिर २०७८ मा प्रकाशित


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।

आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।

अध्यक्षका अर्का प्रत्याशी कमल थापाले भने एक हजार छ सय १७ मत ल्याएका छन । खसेको मतमध्ये चार सय १३ मत बदर भएको छ ।

लिङ्देनले सुरुदेखि नै मतगणनामा अग्रता लिएका थिए।