
एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप १७ जना सङ्क्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा त्यहाँ १७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
यससँगै भारतमा ओमिक्रोनबाट सङ्क्रमितको हुनेको सङ्ख्या २१ पुगेको छ । हिजो राजस्थानमा नौ, महाराष्ट्रमा सात र दिल्लीमा एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो ।
ओमिक्रोनका नयाँ सङ्क्रमित भेटिएपछि भारतमा सङ्क्रमण महामारी रोक्नका लागि कडाइ गर्ने विषयमा राज्य सरकार र भारतीय स्वास्थ्य मन्त्रालयबिच छलफल हुने भएको छ ।
गत नोभेम्बरको सुरुमा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्य देशमा पनि देखिन थालेको छ ।