टेवानद्वारा व्यवसायमा महिला हिंसा सचेतना कार्यक्रम

-


     मर्दी न्युज    
     २० मंसिर २०७८ मा प्रकाशित


पोखरा । पर्यटन ब्यबसायी महिला संघ नेपाल ( टेवान) पोखराले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ब्यबसायमा महिला हिंसा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल पर्यटन बोर्ड, प्रदेश कार्यालय ड्यामसाइड पोखरामा सम्पन्न कार्यक्रमलाई पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाको आर्थिक सहयोग र ह्युस्टन कलेज अफ एजुकेसन इन्फर्मेसनको विशेष सहयोग रहेको थियो।

पोखरामा रहेका महिला पर्यटन ब्यबसायिहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा शुभकामना मन्तव्य राख्ने बक्ताहरुमा अग्रज पर्यटन ब्यबसायी गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेल, संस्थाका संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, अधिवक्ता तारा शर्मा, गण्डकी प्रदेश सभाका सभासद माननीय मिना गुरुङ, महिला उध्यमी शोभा गौतम, ब्यबसायी बिन्दु कोइराला सुवेदी हुनुहुन्थ्यो ।

समग्रमा सम्पुर्ण बक्ताहरुको जोड छोराछोरीको उचित शिक्षा दिने र बिभेदको अन्त्य घरबाटै गर्नुपर्नेमा थियो। सरकारले पनि नितिगत रूपमा महिला हिंसा विरुद्ध कडा कारबाही गर्नुपर्ने र स्थापित नियमकानुन ससक्त रूपमा कार्यान्वयन गर्नुपर्नेमा थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री माननीय बिन्दुकुमार थापाले महिला हिंसा सामाजिक बिकृती भएको हुनाले महिला मैत्री नियमकानुनको सुनिश्चितता गर्ने र महिला शसक्तिकरणको मामिलामा सदा सहयोग गर्ने बताउनुभयो।

टेवानका अध्यक्ष रेणु थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव शोभा न्यौपाने पाण्डेले गर्नुभएको थियो।