
काठमाडौँ । भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकप्टर आज दुर्घटनामा परेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो ।
रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टरमा भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ ।
इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।