महाधिवेशनमा सकेसम्म सहमतिबाटै नेतृत्व छनौट हुन्छ : प्रम देउवा

-


     मर्दी न्युज    
     २३ मंसिर २०७८ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् ।

सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए ।

सहमहामन्त्री महामन्त्री डा। प्रकाशहरण महतले लेखेको पुस्तक बिहीबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरे ।

महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौँ आएका नेता–कार्यकर्ताहरू उस्तै उत्साह बोकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली काँग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरे ।

१४औं महाधिवेशन नेपाली काँग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले भने, ‘यसलाई सफल पारेर फर्किएर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् ।’