नेपाल पर्यटक यातायात ब्यबसायी संघ, गण्डकी प्रदेशको अध्यक्षमा बाबुराम पाण्डे सर्बसम्मत

-


     मर्दी न्युज    
     २३ मंसिर २०७८ मा प्रकाशित


पोखरा । साना तथा मझौला हरियो नम्बर प्लेटका पर्यटक स्तरीय सबारी साधन मार्फत गुणस्तरीय सेवा प्रदानगरि पर्यटन सेवामा टेवा पुर्याउन स्थापित नेपाल पर्यटक यातायात ब्यबसायी संघ, गण्डकी प्रदेशको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आज मंसिर २३ गते बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ।

उदघाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्ने बक्ताहरुमा गण्डकी प्रदेश उध्योग बाणिज्य संघका अध्यक्ष किशन सुनार , पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराई, नेपाल पर्यटक यातायात ब्यबसायी संघका केन्द्रिय अध्यक्ष कुल प्रसाद न्यौपाने, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख बरिस्ठ निर्देशक काशी राज भण्डारी हुनुहुन्थ्यो। समग्रमा सबै बक्ताहरुको जोड कोभिड का कारण थलिएको पर्यटन ब्यबसाय कसरी तंग्र्याउने भन्ने बारेमा, सरकारको बैंकिङ्ग नीति, सबारि कर, मजदुरहरुका समस्या बारेमा थियो।

कार्यक्रमका दौरान विभिन्न ब्यक्तिहरु, बरिस्ठ पत्रकार बासुदेव पौडेल, उत्कृष्ट चालक( ड्राइभर ), विभिन्न कार्यक्रमलाई सफलता पुर्वक संचालन गरेका संयोजकहरु लाई सम्मान पत्रले सम्मानित गरिएको थियो भने उत्कृष्ट पत्रकार पौडेललाई नगद पुरस्कर समेत प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री माननिय रामजी प्रसाद बराल ” जीवन ” ले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएको र यसको बिकाश र प्रबर्द्धनमा आफू लागिपरेको बताउनुभयो। प्रदेश सरकारको जग भर्खरैमात्रै बसेकाले अपेक्षित काम गर्न नसकेको समेत बताउदै अधिवेशन सफलता को शुभकामना दिनुभयो।

संघका अध्यक्ष बोबर जंग गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव सुरेश दाहालले गर्नुभएको थियो।

आजै सम्पन्न सर्वसम्मत नेतृत्व चयन मार्फत १३ सदस्यीय आगामी कार्यकाल का लागि अध्यक्षमा बाबुराम पाण्डे सहित निवर्तमान अध्यक्ष, बोवरजङ्ग गुरुङ ,प्रथम उपाध्यक्ष दुर्गादत्त दाहाल, द्वितिय उपाध्यक्ष दिपेन्द्र ढकाल, महासचिव- सुरेश दाहाल,सचिव प्रकाश कुमार श्रेष्ठ,कोषाध्यक्ष- रवि प्रसाद आचार्य,कार्यसमिति सदस्यहरू भुवानी अधिकारी, शोभाकर तिवारी, श्याम लामिछाने, विजय पौडेल,विकास कँडेल,भिम खड्का हुनुहुन्छ।