टेवानको पाँचौं वार्षिक उत्सब तथा वनभोज कवि शिरोमणीको गाउँमा सम्पन्न

-


     मर्दी न्युज    
     २४ मंसिर २०७८ मा प्रकाशित


पोखरा । पर्यटन ब्यवसायी महिला संघ नेपाल (टेवान) को पाँचौं वार्षिक उत्सव तथा वनभोज एक कार्यक्रमका विच पोखरा महानगरपालिका-२७ मा अबस्थित कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थान परिसरमा सम्पन्न भएको छ ।

संस्थापक अध्यक्ष लक्की कार्कीले केक काटी सुरु भएको उत्सव कार्यक्रममा संस्थाका सदस्यहरु, विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विश्वब्यापी महामारी कोभिड-१९ को असरले विगतका २ वर्षमा हरुमा कुनै कार्यक्रमहरु नगरिएको भए पनि यस वर्ष उत्सव तथा वनभोज दुवै कार्यक्रम गरि मनाईएको थियो । कुल १०६ सदस्यहरु रहेको संस्थामा पुरै सदस्यहरु कार्यक्रमा उपस्थित हुन नसके पनि उल्लेख्य मात्रामा सहभागी भएको संस्थाकी अध्यक्ष रेनु थापामगर ले जानकारी दिईन् ।

सात तालको शहरको रुपमा परिचित पर्यटकीय नगर लेखनाथमा कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थान पोखराकै धैरै ब्यक्तिहरुलाई थाहा नपाएर ओझेलमा परेको र यस क्षेत्रलाई प्रचार प्रसार गरि पर्यटकीय गन्तब्यमा जोडी पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि नयाँ गन्तब्य वनाउन यस स्थानमा कार्यक्रम गरिएको अध्यक्ष थापामगरले बताइन् ।

उत्सव कार्यक्रमको संयोजक संस्थाकी कोषाध्यक्ष शोभा पौडेल तथा वनभोज कार्यक्रमको संयोजक कार्यसमित सदस्य शान्ता अधिकारी रहेका थिए ।